Music

3/Music/post-grid

Saturday, January 23, 2021

त्रिमूर्ति सहकार्य समितिको गठन

 खैरहनी ११ ,

ब्यूटीफुल माइण्ड इंस्टिट्यूट अफ साइकाइट्री प्रा.ली खैरहनी ११ ,  गैडाहा टोल बिकास संस्था र  बुद्ध टोल बिकास संस्थाको सयुक्त बैठक बसी त्रिमूर्ति नामक सहकार्य समितिको गठन गरिएको छ | समिति अध्यक्षमा चेत बहादुर भंडारी ,उपाध्यक्षमा कमल शर्मा भुशाल ,सचिबमा पूर्ण बहादुर गुरुंग, कोषाद्य्क्षमा स्मृति शाहा ,सदस्यहरुमा साबिन दराई , रामकुमार खड्का र एक बहादुर भण्डारी गरी सात सदस्यीय समिति चयन गरिएको छ |

यस नब निर्मित समितिले कुनै पनी किसिमको आपात बिपत तथा बिकासमा त्रिपक्षीए रुपमा एक आर्कालाई सधै निष्पक्ष रुपमा सहयोग गर्ने संकल्प लिएको  छ  |

बरिस्ठ समाज सेवी श्री दूत बहादुर गुरुंग ज्यूको अध्यक्षतामा संचालित  उक्त कार्यक्रममा प्रमुख अतिथिमा खैरहनी नगरपालिका ११ का ओडा अध्यक्ष श्री हाकिम शिंह उप्रेती, अतिथिहरु गैडाहा टोल बिकास संस्थाको अध्यक्ष श्री गुण बहादुर भंडारी ,बुद्ध टोल बिकास संस्थाका अध्यक्ष श्री रामलाल गुरुंग ,गैडाहा यूवा क्लबका निबर्तामान अध्यक्ष श्री रमेश थापा लगायतका उपस्थिति थियो |

कार्यक्रममा बोल्दै अध्यक्ष श्री भण्डारीले , ब्यूटीफुल माइण्ड संगको सहकार्य दुबै  पक्षका लागी बिकासको कोसे ढुंगा हुने जिकिर गर्दै आगामी दिनहरुमा पनी गैडाहा टोल सुधारको सहयोग  र साथ जिबंत रहने बताउनु भयो |  प्रमुख अतिथि खैरहनी नगरपालिका ११ का ओडा अध्यक्ष श्री हाकिम शिंह उप्रेतीले यस संस्थाले आगामी दिनमा राम्रो कार्य गरेर उदाहरणीय संस्थाको रुपमा चिनिन सकोस भन्दै शुभकमाना दिनु भयको थियो |

सोही अबसरमा संस्थाका संस्थापक अध्यक्ष डा गिरिराज भन्ताना ज्यूले यस क्षेत्रका युवाहरुलाई खेलकूद प्रति जागरूप बनाउने उदेश्यले प्रोहोत्सान स्वरुप १५ थान फुटबाल जर्सी समेत प्रदान गर्नु भएको थियो |

फूटबल जर्सी प्रदान गर्दै

फूटबल जर्सी प्रदान गर्दै

0 comments:

Post a Comment